काठमाडौं । नेकपा एमालेले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले एमसीसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको हो ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकमा एमसीसीलाई लिएर अध्यक्ष ओलीदेखि अधिकांश सांसदहरुले एमसीसीका विषयमा आफ्नो बिचार ब्यक्त गरेको र एमसीसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालिएको जानकारी दिए ।
साथै बैठकले सभामुखको भूमिका एमालेविरोधी र माओवादी पार्टी कार्यकर्ता जस्तो भएको निष्कर्ष निकालेको भट्टराईको भनाई छ ।
निर्वाचन आयोग एमाले टुक्र्याउन उद्धत रहेको, जयसिंह धामीको घटनामा सरकारी ब्यवहार भारतीयसामू लम्पसारवादी देखिएको जस्ता विषयमा छलफल भएको बताइएको छ ।