एमसीसी नेपालको हितमा छैन : मेटमणि चौधरी  | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

एमसीसी नेपालको हितमा छैन : मेटमणि चौधरी 

काठमााडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले एमसीसी सम्झौता नेपालको हितमा नरहेको भन्दै अस्वीकार गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले नेपालको हितमा नरहेकाले एमसीसी सम्झौता अनुमोदन गर्न नहुने जिकिर गरे । 

सन् २०१७ र २०१९ मा सम्झौता फरक फरक रहेको भन्दै उनले कुनै पनि हालतमा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने बताए । एमसीसी अनुमोदन भएपछि नेपालले अब कसरी असंलग्न परराष्ट्र नीतिको पक्षमा वकालत गर्न नसक्ने उनकाे भनाइ थियाे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);