जनकपुर । प्रदेश–२ मा नेकपा एमालेका थप दुई जना प्रदेश सभा सदस्य नेकपा (एकीकृत समाजवादी) पक्षमा लागेका छन् ।
एमाले संसदीय दलका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन्।
एमालेबाट निर्वाचित २१ जना प्रदेश सभा सदस्यमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् भने ८ जना एमालेमै रहने देखिएको छ ।