सिन्धुली कांग्रेस सभापतिमा तीन आकांक्षी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सिन्धुली कांग्रेस सभापतिमा तीन आकांक्षी

सिन्धुली । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा सिन्धुली सभापतिमा तीन आकांक्षी देखिएका छन् । पूर्वजिल्ला सभापति उज्ज्वल बराल, पूर्वसहसभापति माढिक ढकाल र नेविसंघ तरुण दल सिन्धुलीका पूर्वसभापति उपेन्द्र पोखरेल सभापतिको दौडमा देखिएका हुन् ।

बराल कांग्रेस सिन्धुलीका निवर्तमान सभापति हुन् । पार्टीका क्रियाशील नेता बरालले १४ औं महाधिवेशनमा फेरि पनि सभापतिको उम्मेदवारीमा घोषणा गरेका छन् । विगतमा सभापति भएर आफूले गरेको कामको मूल्यांकन नेता कार्यकर्ताले गर्ने उनले बताए ।

कांग्रेस सिन्धुलीका पूर्वसहसभापति ढकाल पार्टीका क्रियाशील नेताका रूपमा परिचित छन् । उनले यसपटक जिल्ला सभापतिमा उम्मेदवारीे घोषणा गरेका छन् । लामो समय पार्टीमा क्रियाशील भएर काम गरेका कारण आफूलाई निर्विरोध सभापति दिनुपर्ने ढकालको मत छ ।

कांग्रेसमा सशक्त युवा नेतृत्व आवश्यक भएकाले आफूले सभापतिमा उम्मेदवारी दिने पोखरेलको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);