अधिवेशन अगावै मनाङ जिल्लाको कांग्रेस सभापतिमा शंकर गुरुङ नेतृत्वमा ल्याउने सहमति | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

अधिवेशन अगावै मनाङ जिल्लाको कांग्रेस सभापतिमा शंकर गुरुङ नेतृत्वमा ल्याउने सहमति

मनाङ । शुक्रबारबाट नेपाली कांग्रेसको वडा तहको अधिवेशन सुरु भएको छ । मनाङ जिल्लामा भने अधिवेशन अगाडिनै जिल्ला सभापतिमा शंकर गुरुङ नेतृत्वमा ल्याउने सहमति भएको छ ।

यो सहमतिसंगै मनाङ नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि जिल्ला सभापति टुंगो लगाउने पहिलो जिल्ला बनेको छ । कांग्रेस मनाङले आगामी नेतृत्वका लागि शंकर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय गरेको हो ।

वर्तमान जिल्ला सभापति एवं पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले दुई कार्यकाल नेतृत्व सम्हाली सकेका छन् । उनकै संयोजकत्व र कार्यकर्ताहरूबीच छलफल गरी आगामी कार्यकालको नयाँ नेतृत्व टुंगो लगाइएको बताइएको छ ।

नेपाली कांग्रेस मनाङले जिल्लाका चार गाउँपालिकाका २८ वटै वडाहरूमा निर्विरोध वडा प्रतिनिधिहरू चयन गरको छ ।

जिल्ला सभापतिसहित मनाङ कांग्रेसले संघ तथा प्रदेशका लागि प्रतिनिधि, जिल्ला पदाधिकारी, क्षेत्रीय कार्यसमिति र स्थानीय तहमा समेत सहमतिमै नयाँ नेतृत्व समेत चयन गरिएको बताइएको छ ।

नयाँ बन्न लागेका सभापति गुरुङ कांग्रेस सभापति देउवा निकट मानिन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);