पन्जशिर पस्यो तालिबान, लडाकू र रेसिस्टेन्ट फ्रन्टका सेनाबीच गोली हानाहान | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

पन्जशिर पस्यो तालिबान, लडाकू र रेसिस्टेन्ट फ्रन्टका सेनाबीच गोली हानाहान

एजेन्सी । अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिबान लडाकू र त्यहाँका विद्रोही नेसनल रेसिस्टेन्ट फ्रन्टका सेनाबीच गोली हानाहान भएको छ । काबुल कब्जामा लिए पनि तालिवान अहिलेसम्म पन्जशिर उपत्यकामा पस्न सकेको थिएन । आफ्ना लडाकू पन्जशिर उपत्यकामा पसेर फ्रन्टका सेनाबिरुद्ध सशक्त कारबाही गरेको तालिबानले दाबी गरेको छ ।

तालिबान को हमलालाई आफ्ना हजारौं सेनाले निस्तेज बनाएको फ्रन्टले दाबी गरेको छ । फ्रन्टले पन्जशिरलाई कुनै हालतमा आफ्नो नियन्त्रणबाहिर जान नदिने बताउँदै आएको छ । पन्जशिर विद्रोहलाइ पूर्व उपराष्ट्रपति अमरुल्लाह सलेस, अफगान सुरक्षा फौजका पूर्व सदस्य तथा स्थानीय जनजाती नेता अहमद मसुदको समर्थन छ ।

पन्जशिर उपत्यकामा यसअघि पनि स्वदेशी र विदेशी सेनाले हमलाको प्रयास गरेका थिए । तर, पन्जशिर सतिसाल झैं उभियो । सन् १९८० को दशकको सोभियत आक्रमण र सन् १९९० को दशकमा भएको तालिबानको हमलालाइ मसुदका बाबुले निस्तेज पारिदिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);