मुगुमा वडा तहको अधिवेशन २१ भदौमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मुगुमा वडा तहको अधिवेशन २१ भदौमा

मुगु । नेपाली कांग्रेसले मुगुमा वडा तहको अधिवेशन २१ भदौमा गर्ने निर्णय गरेको छ । पार्टीले वडा तहको अधिवेशन १८ भदौमा गर्न निर्देशन दिए पनि मुगुमा भने २१ भदौमा गरिने मुगु कांग्रेसका पूर्वसभापति ऐनबहादुर शाहीले बताए ।    

जिल्लामा क्रियाशील सदस्यको नाम सार्वजनिक भइसकेकाले बिहीबार बसेको बैठकले वडा अधिवेशन २१ भदौमा गर्ने निर्णय गरेका हो । जिल्लाका ४५ वटा वडाको अधिवेशन २१ भदौमा सम्पन्न गर्ने गरी तयारी थालिएको नेपाली कांग्रेस मुगुले जनाएको छ ।   

वडा अधिवेशनको मिति फरक परे पनि गाउँपालिका, नगर, उपमहानगरमा भने केन्द्रले तोकेबमोजिम नै अधिवेशन हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);