सुनसरीमा वडा तहको अधिवेशन २१ भदौमा गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सुनसरीमा वडा तहको अधिवेशन २१ भदौमा गर्ने

nepali congress

सुनसरी । नेपाली कांग्रेसले सुनसरीमा वडा तहको अधिवेशन भदौ २१ मा गर्ने निर्णय गरेको छ । पार्टीले वडा तहको अधिवेशन १८ भदौमा गर्न निर्देशन दिए पनि सुनसरीमा भने २१ भदौमा गरिने सुनसरी सभापति राजिव कोइरालाले जानकारी दिए । 

‘जिल्लामा क्रियाशील सदस्यको नाम सार्वजनिक भइसकेकोले अधिवेशन २१ भदौमा गर्ने निर्णय गरेका हौं,’ कोइरालाले भने । जिल्लाका १२४ वडाको अधिवेशन भदौ २१ गते सम्पन्न गर्नेगरी तयारी थालिएको कांग्रेसले जनाएको छ ।

सबै वडामा सहमतिकै आधारमा अधिवेशन गर्ने तयारी भएको उनले बताए । ‘सहमति नभए मात्रै निर्वाचन गरिने छ । सकभर सबै वडामा सहमतिकै प्रयास गर्नेछौं’, कोइरालाले न्युज कारखानासँग भने ।

वडा अधिवेशनको मिति फरक परे पनि गाउँपालिका, नगर, उपमहानगरमा भने केन्द्रले तोकेबमोजिम नै अधिवेशन हुने कोइरालाले जानकारी दिए ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);