नेप्से परिसूचक दोहोरो अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

nepse down

काठमाडाैं । साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज परिसूचक २९७६.१८ बिन्दुबाट सुरु भएको शेयर कारोबार २९२६.८९ बिन्दुमा गएर शेयर कारोबार बन्द भएको हो । साताको अन्तिम कारोबार बिहिबार शेयर कारोबार मापक नेप्से परिसुचक उच्च अंकले घटेको छ । नेप्से परिसुचक ५० अंकले घटेर २ हजार ९ सय २६ दशमलब ८९ अंकमा झरेको छ ।

नेप्से परिसुचक ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेकस पनि ८ दशमलब ९० अकंले घटेको छ । नेप्से परिसुक दोहोरो अंकले घट्दा कारोबार रकम समेतमा प्रभाव देखिएको छ । कूल २३० कम्पनीको १ करोड ८१ लाख ९ हजार ९सय ६७ किता ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रुपैया शेयर खरिद बिक्री भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार भएका १३ वटा उपसमूहको शेयर ओरालो लागेको छ ।

त्यसमा बैकिङ ०.८३, ट्रेडिङ १.०७ , होटल तथा पर्यटन ०.०३ , बिकाश बैंक ३.२९ , हाईड्रो पावर ३.३९ , फाईनान्स ३.६८, नन लाईफ इन्सुरेन्स १.७ , उत्पादन १.८५ , अन्य १.९६ , माईक्रो फाइनान्स ०.४२, लाईफ इन्सुरेन्स २.०२, म्युचल फण्ड ०.८४ ईन्भेष्टमेन्ट ३.३१ बिन्दुले शेयर घटेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाईड्रो पावर कम्पनी लिमिटेड, एपी पावर कम्पनी लिमिटेड, नग्दी ग्रुप पावर लिमिटेड , युनाईटेड मोदि पावर हाईड्रो लिमिटेड , हिमालयन डिस्टिलेरी लिमिटेड शिर्ष स्थानमा रहेको छ । त्यस्तै सानिमा लाईफ ईन्सुरेन्स १०.०० , मनकामना स्मार्ट लघुविति वितिय सस्था लिमिटेड ९.९९, चन्द्रागिरी हिल्स लिमिटेड ५.२३, खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेड ५.०० , डेपरोसि लघुवित बितिय सस्था लिमिटेड ४.३२ प्रतिशत बढेको छ ।

त्यस्तै नारायणी बिकास र्बैक लिमिटेड ६.८७, करपोरेट बिकश र्बैक लिमिटेड ६.४८, अरुण काबेली पावर लिमिटेड ६.०९, एनआरएन ईन्फ«ास्ट्रक्चर एण्ड बिकास लिमिटेड ५.८८ , कर्णली बिकास बैंक लिमिटेड ५.८० प्रतिशतले गुमाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);