वाईसीयल नेपालको दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८१, आइतबार

वाईसीयल नेपालको दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीयल नेपालले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीयल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।

भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरु भने चयन गरिएको वाईसीयलका ईन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए ।

नयाँ केन्द्रीय समितिमा २३ जना भने पछि मनोनित हुनेछन् । इन्चार्ज दिपशीखाका अनुसार वाईसीयलको बिधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले दुई सय ३१ जनामध्ये २३ जना पछि मनोनित हुनेछन् ।

गत शनिबारबाट सुरु भएको वाईसीयलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दाबी गरेका थिए । तर सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्नेगरी नयाँ केन्द्रीय कार्य समिति राष्ट्रिय भेलाले चयन गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंमा उद्घाटन गरेको भेलाले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल बनाउने गरी युवाहरुलाई परिचालन गर्ने निर्णय पनि गरेको वाईसीयल नेपालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);