काठमाडाैं । नेकपा (एमाले)ले गत भदौ अन्तिम साता सम्पन्न विधान महाधिवेशनबाट पारित निर्णय अनुसार नै नेतृत्व निर्माण गर्ने भएको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।
उहाँका अनुसार यो महाधिवेशनले २ सय ५१ सदस्यीय केन्द्रिय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन गर्ने छ । उहाँले ज्ञवालीले १०८ जना मनोनितको नामवाली पनि पारित भएको बताउनुभयो । उक्त सूची शनिबार सार्वजनिक गरिने उहाँको भनाइ छ । उहाँले महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनका लागि विद्युतीय मेसिन प्रयोग गरिने समेत जानकारी दिनुभयो ।
उहाँले महाधिवेशनको उद्घाटन सत्रमा राजनीतिक दलहरुका शुभकामना मन्तव्यका साथै अध्यक्ष ओलीले सम्बोधन गर्ने जानकारी दिनुभयो । बैठकले महाधिवेशनबाट पारित गर्नुपर्ने विशेष प्रश्तावहरु तयारीका लागि प्रदीप ज्ञवालीको संयोजकत्वमा एउटा समिति तथा महाधिवेशनले गर्ने निर्णयहरुलाई माईन्युनिटिङ गर्नको लागि उपमहासचिव पृथ्बीसुब्बा गुरुङको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको समेत जानकारी गराउनुभयो ।





