सत्तारुढ गठबन्धनको बैठकः सरकारलाई चाँडै पूर्णता दिने सहमति | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८१, बुधवार

सत्तारुढ गठबन्धनको बैठकः सरकारलाई चाँडै पूर्णता दिने सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनबीच सरकारलाई चाँडै पूर्णता दिने सहमति भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ गठबन्धनबीच सरकारलाई चाँडै पूर्णता दिने विषयमा सहमति भएको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु उपस्थित थिए ।

बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री खड्का, नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सहभागी थिए ।

सरकारलाई पूर्णता दिनका लागि भन्दै गठबन्धन र शीर्ष नेताहरुको पटक पटक बैठक तथा भेटवार्ताहरु हुँदै आएपनि सरकार निर्माणको डेढ महिना हुन लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको चौतर्फी आलोचना भईरहेको छ ।

त्यसैगरी, बैठकमा सहभागी नेताहरुले जयसिंह धामी तुइनबाट खसेर बेपत्ता प्रकरणमा सरकारको स्पष्ट धारणा बनाउन प्रधानमन्त्री देउावको ध्यानाकर्षण समेत गराएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);