रोमा र एसी मिलानको सानदार जित | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

रोमा र एसी मिलानको सानदार जित

काठमाडौं । इटालियन सिरि ए लिगमा रोमा र एसी मिलानले सानदार जित निकालेका छन् । आइतबार राति भएको खेलमा दुवै टोलीले सानदार जित निकालेका हुन।

प्रशिक्षक जोसे माउरिन्होको नेतृत्वमा रोमाले सालेर्निटानालाई ४–० गोल अन्तरले पराजित गरेको हो । रोमाको एकपक्षीय जितमा लोरेन्जो पेलेग्रेनीले दुई गोल गर्दा जोर्डन भेरेटोउट र टमि अब्राहमले एक–एक गोल गरे ।

लगातार दोस्रो जितसङै रोमा सात अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । सालेर्निटाना दुई खेलबाट विना अंक रेलिगेशन जोनमा रहेको हो ।

अर्को खेलमा एसी मिलानले कागलियरीलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । मिलानको जितमा चेल्सीबाट भर्खरै आएका ओलिभियर जिराउडले दुई तथा सान्द्रो टोनाली तथा राफेल लिओले एक÷एक गोल गरे ।

कागलियरीको लागि एलेक्सान्द्रो डाइओलाले एक सान्त्वना गोल गरे ।

लगातार दोस्रो जितसङै मिलान ६ अंकसहित चौथो स्थानमा छ । समान दुई खेलबाट एक अंक जोडेको कागलियरी तालिकाको १४ औँ स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);