काठमाण्डौँ, १३ कार्तिक । वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाका लागि ७२ जिल्लामा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी रहेको पाँच जिल्लामा भने सोमबार उम्मेदवार टुंगो लगाईने बताईएको छ । सिट बाँडफाँडलाई नै लिएर एमाले नेताहरु आइतवार मध्यरातसम्म छलफलमा रहेका थिए ।
मध्यरातसम्म उपाध्यक्ष वामदेव गौतमको निजी निवासमा बसेको एमाले स्थायी समिति बैठकका क्रममा एमाले नेताहरुको रक्तचाप समेत जाँच गरिएको छ । चिकित्सक किरणजंग कुँवरले एमाले नेताहरुको रक्तचाप जाँच गरेका हुन् ।
माओवादीसंग चुनावी क्षेत्र भागवण्डा गर्न तथा पार्टीका उम्मेदवार तयगर्न एमाले स्थायी समितिको बैठक केहीदिन यता लगातार बसिरहेको छ ।
चुनावी हतारले छोपिसकेको बेला नेताहरुले आफ्नो स्वास्थ्यलाई समेत ध्यानमा राख्दै रक्तचाप जाँच गराएका हुन् ।