लगातारको वर्षाका कारण पर्सामा डुवान | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लगातारको वर्षाका कारण पर्सामा डुवान

नितेश कर्ण
पर्सा । विगत केही दिनदेखिको भईरहेको भारी वर्षाले पर्सा जिल्लाका अधिकांश नदी तथा खोलामा बाढी आएको छ ।

गत बुधबार बिहानदेखि नै लगातारको भारी वर्षासँगै जिल्लाका श्रिसवा, तिलावे, ओरिया , सिकटा नदीमा बाढी आएका छन् । लगातारको वर्षाका कारण समुचित पानी निकास नहँुदा वीरगञ्ज महानगरपालिकाका अधिकांश वडाहरु डुवानमा परेका छन् ।

पर्साको ग्रामिण भेगमा रहेको ओरिया खोलामा निर्माण गरिएको तटबन्द भत्किदाँ सिमावर्ती गाउँ दसैता र खमिया इनर्वा डुवानमा पर्दै आएको छ । बाढीले सयौँ घर परिवार विस्थापित भएका छन् । समयमा नदी तथा खोलाहरूमा तटबन्ध निर्माण नगरिएकाले ठूलो क्षति हुँदै आईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);