नयाँ मुख्यमन्त्री आचार्य आएसँगै प्रदेश १ मा एमाले भित्रै खटपट | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

नयाँ मुख्यमन्त्री आचार्य आएसँगै प्रदेश १ मा एमाले भित्रै खटपट

प्रदेश–१ । नयाँ मुख्यमन्त्री बनेर प्रदेश–१ को बागडोर सम्हाल्न आईपुगेका भिम आचार्यले आफ्ना पक्षलाई मात्र मन्त्री बनाउन थाले पछि एमाले मित्र खैलाबैला सुरु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संखुवासभाका सांसद तुलसी न्यौपानेलाई मन्त्री नियुक्त गर्न निर्देशन दिएको तर आचार्यले उक्त कुरालाई ईन्कार गरेको कुरा बाहिर आएको छ । पार्टी अध्यक्ष ओलीको निर्देशनलाई नमानेको कुरा बाहिर आएपछि एमाले भित्रै खैलाबैला मच्चिएको छ ।

यसअघि माधव कुमार नेपालको साथमा रहेका आचार्य माधव नेपालले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएर गएपछि पनि केहि प्रदेश सासंद साथ लिएर एमालेमै रहेका थिए । त्यस लगत्तै एमालेका शेरधन राई नेतृत्वको सरकार विघटन गरी आचार्यको नेतृत्वमा पुनः एमालेकै एकल सरकार गठन गरि उनलाई प्रदेश १ को मुख्यमन्त्रि बनाईएको थियो ।

मुख्यमन्त्री आचार्यले नेकपा (एकीकृत समाजवादी) मा नगई एमालेमा रही आफुलाई साथ दिएका नेता बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र लछुमन तिवारीलाई उद्योग वन पर्यटन तथा वातावरण मन्त्री नियुक्त गरेका हुन् । यी दुबै नेता तत्कालिन समयमा माधव कुमार नेपाल निकट थिए ।

तर उनीहरु पार्टी नछोडी एमालेमै रहेका थिए । ओलीले मन्त्री बनाउन भनेका संखुवासभाका सासंद न्यौपाने पुस ५ पछि शेरधन राई विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर समेत गरेका थिए । पहिले माधव नेपाल निकट थिए पछि ओली पक्षमा लागे ।

शुक्रबार दिनभर चलेको विभिन्न चरणको छलफलमा प्रदेश १ को मन्त्रिमण्डल विस्तारको विषयलाई लिएर एमालेभित्र विवाद भएको थियो । निवर्तमान मुख्यमन्त्री शेरधन राई मुख्यमन्त्रि आचार्य बिच पुरानो द्धन्द्ध बाँकि रहको आँकलन गरिएको छ । यसले प्रदेश १ को एमालेको विवादले यू टर्न लिने संकेत देखिएको छ ।

कांग्रेस, माओवादी, जसपासहितको गठबन्धनमा रहेको माधव समूहले नयाँ सरकार को तयारी गरिरहँदा नयाँ बनेका मुख्यमन्त्रीको यो कार्यले थप ससंकित बनाएको छ ।

प्रदेशसभामा ५१ सदस्य रहेको एमालेमा १८ जना माधव नेपाल समूहमा थिए । तीमध्ये ८ जनाले एमालेमै रहने निर्णय लिइसकेका छन् । बाँकी १० जना माधव समूहमै छन् । जुन संख्या नयाँ सरकार बनाउन पुग्दो देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);