रुपन्देहीमा खोलामा डुबेर एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

रुपन्देहीमा खोलामा डुबेर एकको मृत्यु

शशि पन्थी,
भैरहवा । रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिकामा अबिरल बर्षाका कारण खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

ओमसतिया गाउँपालिका वडा नम्बर ४ निवासी परमेश्वर कहांर रोहिणी खोलामा डुबेरा बेपत्ता भई शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

खेतमा भएको बेला दिउँसो १ बजेको समयमा पानीको बहाव ठूलो भएपछि खोलाले डुबाएको र पछि बहाब कम भएपछि मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रबक्ता सत्य नारायण थापाले बताए ।

कहांरको शव शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोलाबाट निकाल्न सफल भएको ओम सतिया गाउंपालिका रुपन्देहीका अध्यक्ष हिरा केवट राहुलले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);