पहिरोले विद्यालयको भवन भत्काउँदा ३० लाख रुपैयाँ बराबरको क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पहिरोले विद्यालयको भवन भत्काउँदा ३० लाख रुपैयाँ बराबरको क्षति

फाइल फोटो

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनको सिंहदेवी आधारभूत विद्यालयको पहिरोले भवन भत्काउँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहीबार राति आएको पहिरोले विद्यालयको भवनमा क्षति गरेको हो ।

माथिबाट झरेको ढिस्कोसँग आएको पहिरोले विद्यालयको भवन भत्काउँदा ३० लाख बराबरको क्षति भएको आठराई त्रिवेणी गाउँपालिकाका सूचाना अधिकारी सीता देवी लावतीले जानकारी दिइन् ।

‘विद्यालयको भवन भित्र ढुंगा माटो बसेको छ । अझ ढुंगा माटो आउने सम्भावना छ’, आठराई त्रिवेणी गाउँपालिका–१ का अध्यक्ष पूर्णप्रसाद सिटौलाले भने, ‘गाउँपालिका प्रविविधिकले विद्यालयको भवन पुनर्निर्माण गर्न ३० लाख रुपैयाँ बराबर लाग्ने मुल्यांकन गरेको छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);