चाक्सीबारीमा पौडेल पक्षको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

चाक्सीबारीमा पौडेल पक्षको बैठक जारी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताहरुको छलफल जारी रहेको छ ।

संस्थापन–इतर समूहका नेताहरु बुधबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहकोको निवास चाक्सीबारीमा बैठक बसेका छन् ।

बैठकमा विशेष गरी नजिकिँदै गरेको वडा अधिवेशन र क्रियाशील सदस्यता नामावली सार्वजनिक हुन नसकेको विषयमा छलफल भईरहेको छ ।

क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने माग राख्दै पौडेल पक्षका जिल्ला सभापतिहरुले बुधबारदेखि केन्द्रीय पार्टी कार्यालय सानेपामा धर्ना तथा रिले अनसन जारी राखेका छन् ।

सोही विषयमा बैठकमा छलफल भईरहेको छ भने १४ औं महाधिवेशनको विषयमा पनि छलफल भईरहेको बताइएको छ ।

जारी बैठकमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिंहसहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, नेताहरु बलबहादुर केसी, शेखर कोइराला, दिलेन्द्र बडू र मिनेन्द्र रिजाल सहभागी छन् ।

त्यसैगरी कांग्रेसले बिहीबार मात्र ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाईसकेको छ ।

यसअघि यो समूह बुधबार पनि चाक्सीबारीमा बैठक बसेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);