बागमती प्रदेश सरकार पनि अल्पमतमा, सरकार जोगाउन मुख्यमन्त्री शाक्यलाई चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

बागमती प्रदेश सरकार पनि अल्पमतमा, सरकार जोगाउन मुख्यमन्त्री शाक्यलाई चुनौती

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा एमालेका दुई सांसद लागेपछि अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बनेको बागमती सरकार अल्पमतमा परेको छ ।

सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनाल र प्रदेश सांसद राजेन्द्रप्रसाद पाण्डे एकीकृत समाजवादीमा लागेपछि एमाले नेतृत्वको सरकार एकसातामै संकटमा परेको हो ।

बागमती प्रदेशसभामा १ सय ९ सांसद छन् बहुमत पु¥याउनका लागि ५५ सांसदको आवश्यक पर्दछ । बागमतीमा एमालेका ५६ सांसदमध्ये दुई सांसद एकीकृत समाजवादीमा लागेपछि एमालेमा ५४ सांसद बाँकी रहन्छ जुन बहुमत पु-याउनका लागि पर्याप्त छैन ।

यसरी दुई सांसदले साथ नदिनेबित्तिकै शाक्यको सरकार अल्पमतमा परेको छ । अब बागमती प्रदेशमा माओवादीका २३, कांग्रेसका २२ जना र अन्य दलका ८ सांसद छन् । जसमध्ये विवेकशील साझाका ३, मजदुर किसान पार्टीका २, राप्रपाका २ र स्वतन्त्र १ सांसद छन् ।

त्यसैगरी काभ्रेका लक्ष्मण लम्सला, बसुन्धरा हुमागाई, काठमाडौंकी रमा आले मगर पनि एकीकृत समाजवादीमा खुलेका छन् भने यस अघि नै नेता राजेन्द्र पाण्डेले १० जना प्रदेशसभा सदस्य एकीकृत समाजवादीमा आउने दाबी गरीसकेका छन् ।

यसरी मुख्यमन्त्री शाक्यले सरकार जोगाउन साना दलहरुसँग सहकार्य गरे पनि सरकार जोगिने सम्भावन भने न्युन देखिदै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);