काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा झिनो गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोलामा रु दुई सयले गिरावट आएको छ । बुधबार प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य बिहीबार ९१ हजार १ सय कायम गरिएको छ ।
त्यसैगरी बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । बुधबार एक हजार २ सय १० मा कारोबार भएको चाँदीको मूल्य बिहीबार पनि प्रतितोला एक हजार २ सय १० नै निर्धारण गरिएको छ ।