यी हुन् माधव पक्षमा खुलेका केन्द्रीय सदस्य र सांसदहरु (सूचीसहित ) | ईमाउण्टेन समाचार

Our Network

साउन १ २०८१, मंगलबार

यी हुन् माधव पक्षमा खुलेका केन्द्रीय सदस्य र सांसदहरु (सूचीसहित )

काठमाडौं । एमालेबाट विभाजित भई नेकपा एकीकृत समाजवादी दल दर्ता गराउन पुगेका माधवकुमार नेपाल पक्षमा ५५ जना केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

दल दर्ताका लागि सनाखत गरेका ५५ जना केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरिएको हो । सनाखत गरेका केन्द्रीय सदस्यहरुमा माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमार झाँक्री, निरादेवी जैरू, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, कलिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमार विशुंके, लक्ष्मी चौधरी, विना बुढाथोकी, बेदुराम भुसाल, शेरबहादुर कुँवर, डगेन्द्र प्रकाश पुरी, उदय शर्मा (पौड्याल) सिंगबहादुर विश्वकर्मा रहेका छन् ।

त्यसैगरी नन्दा चपाइँ, शान्तिकुमारी अधिकारी जिसी, सावित्रा भुसाल, गौरा प्रसाईं कोइराला, रामकुमार ज्ञवाली, खगेन्द्र्र चुँडाल, सरलाकुमारी यादव, सुधिर प्रसाद साह, शत्रुधन महतो, रामचन्द्र साह, दिनेशकुमार राई, हंशबहादुर शाही, भागवत नेपाली, चुडामणि विक जंगली, घनेन्द्र बस्नेत, राजेन्द्रकुमार राई, बलदेव चौधरी, डा. देउमान सम्वाहाङ्फे, भास्कर काफ्ले, कृष्णप्रसाद खनाल, महम्मद महफुज अन्सारी, हरिप्रसाद पराजुली र केदार न्यौपानेले सनाखत गरेका छन् ।

सनाखत गराएका ५५ केन्द्रीय सदस्यको नामावली

त्यसैगरी माधव नेपालको पक्षमा खुलेका २९ सांसदको नामावली

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);