नयाँ पार्टी गठन गर्न ढिला भयो भनेर कराउने साथीहरुले नै धोका दिनुभयो : गंगालाल तुलाधर | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

नयाँ पार्टी गठन गर्न ढिला भयो भनेर कराउने साथीहरुले नै धोका दिनुभयो : गंगालाल तुलाधर

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता गंगालाल तुलाधरले मध्यमार्गी नेताहरुले अन्तिम समयमा धोका दिएको आरोप लगाएका छन् ।

निर्वाचन आयोगमा सनाखतका लागि पुगेका नेता तुलाधरले नयाँ पार्टी गठन गर्न ढिला भयो भन्नेहरुले नै अन्तिममा धोका दिएको आरोप लगाए ।

‘हामीसँग रहेका १० जना साथीहरुले केपी ओलीलाई बीचमा राखेर फोटो खिचाउनुभयो । उहाँहरुले उता सनाखत गरिसक्नुभयो । मध्यपन्थी मध्यस्थता गर्ने साथीहरु क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा छुट्नुभयो । आजको अवस्था आउनका निम्ति उहाँहरु नै मुख्य भूमिकामा हुनुहुन्छ । पार्टी गठन गर्न ढिला भयो भनेर कराउने उहाँहरु नै हो । अहिले आएर उहाँहरुले धोका दिनुभयो,’ तुलाधरले भने ।

उनले कारबाही गरेकाले सनाखत गर्न मिल्दैन भनेर एमालेले भन्न नपाउने पनि जिकिर गरे । यो कानूनले भन्ने उनको भनाई थियो ।

नेता तुलाधारले पार्टी विभाजन आफूहरुको चाहना नभएको पनि दाबी गरे । ‘एकता चाहना हो । विभाजन बाध्यता हो । ओलीले गर्ने व्यवहारमा सुधार देखिएन । बाध्य भएर रगत पसिना घिसेको, आधा जीवन खर्च गरेको पार्टी छोड्न बाध्य भयौं । चुप लागेर बस्न सकिएन । क्रान्ति अगाडि बढाउन, कम्युनिष्ट आन्दोलन जोगाउन, विसर्जनवाद, संशोधनवादबाट पार्टी जोगाउन जरुरी थियो । पार्टी दर्तासम्म आइपुग्यौं,’ उनले भने ।

आफूहरु नेपाली क्रान्तिलाई र कम्युनिष्ट आन्दोलन जोगाउनका निम्ति कम्युनिष्ट क्रान्तिकारी पार्टी निर्माणमा लागेको तुलाधरले बताए । ‘पर्याप्त संख्या भएको छ । औपचारिक र वैधानिक रुपमा पार्टी दर्ता हुने क्रममा छ,’ उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);