दार्चुला । भारतीय एसएसबीले तुइन काटिदिँदा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि हस्ताक्षर संकलन अभियान शुरु गरिएको छ ।
सरकारले नदी तर्ने क्रममा वेपत्ता भएका जयसिंह धामीको प्रकरणमा छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न ढिलाई गरेको भन्दै हस्ताक्षर अभियान सुरु गरीएको हो ।
छानविन टोली काठमाडौं फर्किएपनि प्रतिवेदन बुझाउन तेस्रोपटक समय थप गरिएको छ ।