तालिबानद्वारा पश्चिमी देशलाई अफगानिस्तान छोडर जान ३१ अगस्टसम्मको अल्टीमेटम | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८१, बुधवार

तालिबानद्वारा पश्चिमी देशलाई अफगानिस्तान छोडर जान ३१ अगस्टसम्मको अल्टीमेटम

एजेन्सी । तालिबानले अफगानिस्तान छोडर जानका लागि पश्चिमी देशलाई दिइएको ३१ अगस्टसम्मको समयसीमा नबढाउने स्पष्ट गरेको छ ।

तालिबानका प्रवक्ता सुहैल शाहीनले अफगानिस्तान छोडर जानका लागि पश्चिमी देशलाई दिइएको ३१ अगस्टसम्मको समयसीमा नबढाउने स्पष्ट गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

तालीवानी प्रवक्ता शाहिलले अमेरिकी राष्ट्रपति जो बाइडेनले यो मितिसम्म अमेरिकी फौज अफगानिस्तानबाट बाहिरिने बाचा गरिसकेको भन्दै समयसिमा पछि पनि बसेको खण्डमा अफगानिस्तानलाई कब्जाको रुपमा हेरिने प्रतिक्रिया दिएको बताइएको छ ।

यसमा कुनै परिवर्तन भएको खण्डमा ठुलै परिणाम भोग्नुपर्ने तालीवानको चेतावनी छ ।

यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन गु्रप–सेभेन देशको बैठकमा राष्ट्रपति बाइडेनसँग काबुलमा अमेरिकी सेनालाइ थप समय राख्न सुझाव दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);