बागलुङ । गण्डकी प्रदेशको प्रमुख ब्यापारीक केन्द्र बागलुङ जिल्लामा कोरोना संक्रमण बढेको भन्दै प्रशासनले लगाउदै आएको निषेधाज्ञा ५ दिन थप्ने निर्णय गरेको छ ।
श्रावण २८ गतेदेखि भदौ ५ गतेसम्म जिल्ला भर लगाएको निषेधाज्ञाको कारण कोरोना संक्रमण दर घटेपनि यसलाई थप कम गर्न ५ दिन निषेधाज्ञा जारी गरेको हो ।