इटालियन सिरी एमा इन्टर मिलानकाे विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८१, बिहीबार

इटालियन सिरी एमा इन्टर मिलानकाे विजयी सुरुवात

एजेन्सी । साविक विजेता इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा विजयी सुरुवात गरेको छ ।

शनिबार राति भएको सिजनको पहिलो खेलमा जिनोआलाई ४–० गोल अन्तरले पराजित गर्दै इन्टरले सुखद सुरुवात गरेको हो । इन्टरको जितमा स्क्रिनियर, हाकान कलआनोग्लु, अर्टुरो भिडाल र इडीन जेकोले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा मिलानले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा हाकानले गोल गर्दै इन्टरको अग्रता २–० को बनाए । खेलको ७४ औं मिनेटमा भिडालले गोल गर्दै इन्टरको अग्रता तेब्बर बनाए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा इडीनले गोल गर्दै इन्टरलाई ४–० गोलको जित दिलाए । यस जितसँगै इन्टरले सुखद सुरुवात गरेको छ । र, इन्टरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

जिनोआले भने हारबाट सुरुवात गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);