काठमाडौं । माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका परिवर्तन भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार यस अघि निकालेको तालिका परिवर्तन गर्दै नयाँ तालिका सार्वजनिक गरेको छ ।
नयाँ तालिका अनुसार साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ अर्थात् (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ अर्थात् (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ अर्थात् (असोज १८) गते खेल्नेछ ।
नेपालले तेस्रो खेलमाभारतसँग अक्टोबर १० अर्थात् (असोज २४) र लिग चरणको अन्तिम खेलमाबंगलादेशसँग अक्टोबर १३ अर्थात् (असोज २७) मा खेल्नेछ ।
पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ अर्थात् (असोज ३०) माप्रतिस्पर्धा गर्ने छन् ।