काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथमा रहेको बताएका छन् ।
भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत खनालको सचिवालयद्वारा जारी एक नोटमा उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहेको उल्लेख गरिएको छ ।
‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं । ‘