एजेन्सी । न्यूजिल्याण्डमा एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि तीन दिनका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरिएको छ ।
न्यूजिल्याण्डले कोभिड–१९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक हप्ता लकडाउन हुने घोषणा गरिएको छ ।
मुलुकको अन्य स्थानमा तीन दिनपछि लकडाउन हट्नेछ । न्यूजिल्याण्डका अधिकारीहरूले अहिले भेटिएको कोरोना संक्रमण डेल्टा भेरियन्ट हो कि भनेर सुरक्षा सतर्कता बढाइएको बताएका छन् ।
अहिले न्यूजिल्याण्डका करिब २० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । न्यूजिल्याण्डमा भेटिएका कोरोना संक्रमितले भ्रमण गरेको मान्डेल सहरमा पनि एक साताको लकडाउन गरिएको छ ।
प्रधानमन्त्री ज्यासिन्डा अर्डनले लकडाउन अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने बताए । न्यूजिल्याण्ड कोरोना संक्रमण नियन्त्रण गर्न सफल भएको मुलुक हो ।
यहाँ पछिल्लो छ महिना यता १ जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन ।