एजेन्सी । बार्सिलोनाले घरेलु लिग ला लिगाको नयाँ सिजनको पहिलो खेलमा शानदार सुरुवात गरेको छ ।
गएराति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ गोलले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले २ गोल, जेरार्ड पिके र सर्जियो रोबेर्टोले एक–एक गोल गरेका थिए । रियल सोसिडाडका लागि जुलेन लोबबेटे सिन्फुइगोसले र मिकेल ओयर्जाबालले एक–एक गोल फर्काए ।
खेलको शुरुवातदेखि नै बलमा राम्रो पडक बनाएको बार्सिलोनाले पहिलो गोलका लागि १९ मिनेटसम्म पर्खनु परेको थियो । १९ औं सहकर्मीले प्रहार गरेको फ्रिकिक बललाई पिकेले हेडमार्फत पोष्टको दिशा दिएका थिए।
त्यस्तै पहिलो हाफको थप गरिएको समयमा ब्रेथवेटले टोलीको अग्रता दोब्बर बनाए। उनले पनि हेडरमार्फत गोल गरेका थिए। दोस्रो हाफको ५९ औं मिनेटमा ब्रेथवेटले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए ।
खेलमा दबाब झेलिरहेको सोसिडाडले ठूलो प्रयासपछि ८२ औं मिनेटमा गोल फर्कायो। तर सर्जियो रोबेर्टोले थप गरिएको समयको पहिलो मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।
बार्सिलोनाका कप्तान लियोनल मेस्सी पीएसजी गएपछि उसको पहिलो खेल हो । बार्साले अब मेस्सीको अभावलाई पनि खड्किन नदिने संकेत गरेको छ ।