काठमाडौं । चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट ३ हजार ५ सय ९४ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित सिन्धुली गुरुडाँडा गाउँपालिका ६ बस्ने २२ वर्षीय राहुल तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना।५ ख ४०७३ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार राहुललाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।