स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै रौतहटका निजी विद्यालय | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै रौतहटका निजी विद्यालय

रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित सन्तपुर मा रहेको न्यू झरना सेकेण्डरी स्कूलले स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै अभिभावक तथा विद्यार्थी भेला गर्दै कार्यक्रम गरेको चा छ ।

मुलुकमा तेश्रो लहरको कोरोना महामारीको खतरा रहेको र संक्रमणको उच्च जोखिम रहेको भन्दै सभा भेला र कुनैपनि कार्यक्रम नगर्न अनुरोध गरेको भएता पनि त्यसको खिल्ली उडाउँदै सो विद्यालयले ठूलो संख्यामा मानिसहरू जम्मा गरी कार्यक्रम गरेको हो ।

उक्त विद्यालयले एसईई परीक्षा दिएर उत्तीर्ण भएकाहरूलाई विदाई कार्यक्रम गरेको बताएको छ । कोरोना महामारीको कारण विद्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द भइरहेको अवस्थामा न्यू झरनाले यसरी सुरक्षा मापदण्डको पालना नगरी कार्यक्रम गर्दा जोखिम बढ्न सक्ने खतरा रहेको स्थानीयहरू बताउछन् ।

कोरोना संक्रमणको जोखिम कायम नै रहेको हुँदा विद्यालयहरू बन्द गर्न र विद्यालयमा कुनै किसिमको शैक्षिक गतिविधि तत्काल सञ्चालन नगर्न पत्राचार गर्ने चन्द्रपुर नगरपालिकाका शिक्षा संयोजक दीपेन्द्र कुमार मण्डल समेत स्वयं उपस्थित भएर सो विदाई कार्यक्रममा अभिभावक तथा विद्यार्थी भेला भएको विदाई कार्यक्रममा सरिक हुनुले संयोजक मण्डलको समेत स्थानीयले आलोचना गरेका छन् ।

Leave a Reply

ताजा समाचार