दाङ। दाङमा राप्ती नदिमा दाउरा टिप्ने क्रममा बेपत्ता महिलालाई सकुशल उद्धार गरिएको छ ।
गढवा गाउँपालिका ३ की ४० वर्षीया टेकरानी चौधरी बिहीबार साँझ सशस्त्र प्रहरी र नेपाली प्रहरीको टिमले उनलाई सकुशल उद्धार गरेको दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिए ।
उनका अनुसार दाउरा टिप्ने क्रममा राप्तीको भेलमा चौधरी साँझ करिब साढे ५ बजेतिर बेपत्ता भएकी थिइन् । चौधरीले दाउरालाई बलियो सँग समातेर उनी भेलसँगै ४ किलो मिटर तल लमही नगरपालिका ४ बुटकौवा स्थित राप्ती नदिको टापु पुगेकी थिइन् ।
उनको खोजी कार्यमा लागेको सशस्त्र र नेपाल प्रहरीको टिमले डुङ्गाको प्रयोग गरि उनलाई सकुशल उद्धार गरेको प्रजिअ कुरुम्बाङले जानकारी दिए । उनको अहिले लमही अस्पतालमा उपचार भैरहेको समेत उनको भनाइ छ ।
यता जिल्ला प्रशासन कार्यालय दाङले भने अविरल वर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढे पछि तटीय क्षेत्रमा उच्च सर्त कता अपनाउन अनुरोध गरेको छ ।
लगातार परेको वर्षाले राप्ती नदिको बगासोतीमा रहेको बाढी मापन केन्द्रमा बिहीबार दिउसो साढे ३ वजे सतर्कता तह पार गरि खतरा तह ६.२ को नजिक आसपासमा पुगेकाले त्यस आसपासमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनले आग्रह गरेको हो ।
त्यस्तै कार्यालयले सूचना जारी गर्दे नदि क्षेत्रबाट काठ दाउरा समात्न, निकाल्ने कार्य अति जोखिम पूर्ण भएकाले नदि किनार क्षेत्रको नजिकमा नजान समेत अनुरोध गरेका छ ।