विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन टोकियो ओलम्पिक सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन टोकियो ओलम्पिक सम्पन्न

एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक सफल रुपमा सम्पन्न भएको छ ।

सन् २०२४ मा पेरिसमा भेट्ने बाचाका साथ टोकियो ओलम्पिक सम्पन्न भएको हो । ओलम्पिकको पदक तालिकामा यसपटक अमेरीकाले शिर्ष स्थान हासिल गर्यो ।

प्रतियोगिताको १६ दिनमा १५ दिनसम्म सुरुवातमा जापान र त्यसपछि चीनले शिर्षता हासिल गरेका थिए । तर अन्तिम दिनमा आएर अमेरीकाले चीनलाई एक स्वर्णले पछि पार्दै कुल पदकको संख्यापनि एक सय भन्दा बढि पुर्यायो । यो ओलम्पिकमा अमेरीकाले ३९ स्वर्ण, ४१ रजत, ३३ काश्यसहित कुल ११३ पदक जित्यो ।

दोस्रो स्थानको चीनले ३८ स्वर्ण, ३२ रजत, १८ काश्य सहित ८८ पदक जित्यो । तेस्रो स्थानमा घरेलु टिम जापान रह्यो । उसले २७ स्वर्ण, १४ रजत र १७ काश्य सहित ५८ पदक जित्यो । चौथो स्थानको बेलायतले २२ स्वर्ण जित्दा १० देशले दोहोरो स्वर्ण हात पारे ।

प्रतियोगितामा कुल ६५ देशले स्वर्ण जित्दा ९३ देशले पदक हाशिल गरे । छिमेकी देश भारतले यो पटक एक स्वर्णसहित ७ पदक जित्यो । जुन ओलम्पिकको इतिहासमा अहिलेसम्मकै धेरै पदक हो । यो पटक केहि यस्ता देशले पनि पदक जिते, जसले सबै आश्चार्यमा परे ।

एकातिर कोभिडको असर अर्को तिर दर्शकविनाको प्रतियोगिता हुँदा यो पटकको ओलम्पिकमा अरु बेलाको जस्तो रौनक नभएको भन्ने आलोचनापनि भयो । प्रतियोगिता भइरहँदा पनि टोकियोमा जनताले सडकमा नै उत्रिएर विरोध गर्नभने छोडेनन् ।

यतिमात्र होइन प्रतियोगिता अगाडीदेखि नै ओलम्पिकमा कोरोना संक्रमणले छोडेन । जुन प्रतियोगिताको अन्तिमसम्म पनि जारी रह्यो । तर विभिन्न अड्चनका विचपनि ओलम्पिक सम्पन्न भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);