काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ७३ परीक्षण हुँदा ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ८ सय ६६ पीसीआर परीक्षण मध्ये २ हजार २ सय ३१ संक्रमण र ४ हजार ७ सय ७ एन्टिजेन परीक्षण गर्दा ९ सय ८७ मा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ७ सय २२ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा १९ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार ३८ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।
हाल नेपालमा ३५ हजार ४ सय ३२ सक्रिय संक्रमितहरु रहेका छन् ।