प्रधानमन्त्री देउवा समक्ष कञ्चनपुरको दक्षिणी क्षेत्रका विविध विषयमा नेता बिष्टद्वारा ज्ञापन पत्र बुझाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा समक्ष कञ्चनपुरको दक्षिणी क्षेत्रका विविध विषयमा नेता बिष्टद्वारा ज्ञापन पत्र बुझाइयो

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका नेपाली कांग्रेसका नेता एवं महाकाली बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष हरेन्द्र सिंह बिष्टले काठमाडौँ पुगी प्रधानमन्त्री शेर बहादुर देउवालाई ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

नेता बिष्टले कञ्चनपुरको दक्षिणी क्षेत्रका केही महत्वपूर्ण वस्तुस्थितिका बारेमा मौखिक छलफलमा अवगत गराउदै ६ बुँदे माग सहितको ध्यानाकर्षण गराएका हुन् ।

उनले कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसलाई आङ्गिक क्याम्पस बनाइदिन र स्नातकोत्तर तहसम्म स्तरोन्नती गरी एम.बि.एस तथा एम.एड. का कक्षा सञ्चालनका लागि अनुमति दिन अनुरोध गरेका छन् ।

क्याम्पसकै लागि भारतीय राज दूतावासबाट एक थान स्कुल बसको लागि समेत पहल गरिदिन प्रधानमन्त्री देउवालाई अनुरोध गरिएको नेता बिष्टले जानकारी दिए ।

त्यस्तै, १८ वर्ष मुनि र माथिका विद्यार्थीहरूलाई कोभिड विरुद्धको खोप लगाउन, भूमि आयोग अविलम्ब गठन र भूमिको राजस्व दर कम गर्न, हुलाकी सडक निर्माणलाई तीव्रता, उखु किसानहरूले पाउने ६५ रुपैयाँ प्रतिक्विन्टल अनुदान छिटो उपलब्ध गरिदिन माग लगायतका विषयमा छलफल गरिएको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);