एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ५ सय ४९ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ४ सय २२ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख २५ हजार १ सय ९५ जनाले ज्यान गुमाईसकेका छन् ।
हाल भारतमा ४ लाख ४ हजार ९ सय ५८ सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३८ हजार ८ सय ८७ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड ८ लाख ९६ हजार ३ सय ५४ पुगेको छ ।
भारतमा हालसम्म ४७ करोड ८५ लाख ४४ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।