पर्सा । पर्सा जिल्लाको विरगंज महानगरपालिका १४ स्थित पिपराबाट साउन १८ गते सशस्त्र प्रहरीले करीव २१ के.जी. गाँजा बरामद गरेको छ ।
मनहरीबाट विरगंजतर्फ जाँदै गरेको ना ३ ख ४२९७ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
त्यसवेला उक्त ट्रक समेत बरामद गरिएको छ । बरामद गाँँजा तथा ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।
।