स्थानीय उत्पादनले बजार नपाउँदा माछापुच्छ्रे गाउँपालिकाका कृषकहरु चिन्तित | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

स्थानीय उत्पादनले बजार नपाउँदा माछापुच्छ्रे गाउँपालिकाका कृषकहरु चिन्तित

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न ८ कोलेलिका किसानहरु गाउँमा उत्पादन भएका तरकारीहरु , अलैंची , अमरिसो ,लगायतले बजार नपाउँदा चिन्तित भएका छन् ।

पोखराबाट २० किलोमिटर टाढा रहेको उक्त ठाउँमा बाहै्र मास तरकारीहरु उत्पादन हुँदै आईरहेको छ । पोखराबाट नजिकै भएपनि गाउँबाट बजारसम्म लानको लागि यातायातको सुविधा नभएको स्थानीय बताउँछन् ।

सरकारले अनुदान दिएपनि बजार व्यवस्थापनको लागि कुनै पहल नगरेको र गाउँमा उत्पादन भएको अलैंची पनि कृषकहरु आफै झापा गएर बेच्नु पर्ने अवस्था छ ।

सरकारले बजार व्यवस्थापनमा ध्यान दिए अर्गानिक ताजा तरकारी उपभोक्ताले पाउने र यसको बारेमा पहल भईरहेको माछापुच्छ«े गाउँपालिका वडा न ८ का वडा अध्यक्ष कृष्ण दवाडी बताएका छन् ।

गाउँमा उत्पादन भएका तरकारी , अलैंची ,अमरिसोले बजार पाए युवाहरु विदेश नगई आफ्नै देशमा मनग्य आम्दानी गर्न सकिने पनि दवाडीले जानकारी दिए । कोलेलिमा दुई हजार रोपनीमा किसानले अलैंची खेती गर्दै आईरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);