मानव निर्मित रोबोट 'सोफिया'ले पाइन् नागरिकता | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

एजेन्सी, १० कार्तिक । साउदी अरबीयामा यान्त्रिक मानव ‘सोफिया’लाई नागरिकता प्रदान गरिएको छ। रोबोट अर्थात् कृतिम मानवलाई नागरिक बनाउने साउदी अरबीया पहिलो राष्ट्र बनेको छ। साउदी अरबको पब्लिक रिलेशन अफेयर्स कमिटीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा सो जानकारी दिएको बेलायती मिडीया एजेन्सीले जनाएको छ।

साउदीको नागरिकता पाएपछि रोबोट सोफियाले पनि धन्यवाद दिएकी दिएकी छिन् । उनी आफुलाई नागरिकता प्रदान गरकोमा निकै गर्व र सम्मानित भएको महसुस गरेको समेत बताएकी छिन् । एउटा रोर्बोटलाई नागरिकता प्रदान गर्नु ऐतिहासिक हो भन्दै आफु मानिसहरुमा भरोसा बढाउने काम गर्ने बताएकी छिन्।

सोफियाले रियादमा आयोजना हुने फ्युचर इन्भेस्टमेन्ट समिटमा सभाध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् । सम्मेलनमा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले देशलाई आधुनिक बनाउने योजना अन्तर्गत लिबरल इस्लामको पुनर्स्थापना आफूले चाहेको बताए ।

सोफियालाई हङकङका हेनसन रोबोटिक्सले बनाएको हो । मुहारको एक्सप्रेसन बुझ्ने र जोसूकैसँग सामान्य कुरा गर्न सक्ने क्षमता यो रोबोटमा छ ।

पत्रकार एन्ड्र्यु सोरोकिनले सोफियाको अन्तरवार्तासमेत लिएका थिए । सोरोकिनको प्रश्नहरुको जवाफ सोफियाले निकै कुशलतापूर्वक दिएकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);