बारामा शनिबारदेखि कोरोना विरूद्धको भेरोसेल खोप लगाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बारामा शनिबारदेखि कोरोना विरूद्धको भेरोसेल खोप लगाइने

श्याम गुप्ता,
बारा
। बारामा साउन १६ गते देखि कोभिड-१९ विरूद्धको चिनियाँ भेरोसेल खोप लगाइने भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका मातहतको स्वास्थ्य चौकीहरूमा शनिवार देखि भेरोसेल खोप लगाइने भएको हो ।

५५ वर्ष उमेर भन्दा माथिको उमेर समूहको व्यक्तिहरूलाई कोरोना विरूद्धको खोप भेरोसेल लगाइने छ । साथै स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी, व्यवसायीक संस्थाका कर्मचारी, शिक्षक र फ्रन्टलाईनमा काम गर्नेहरूलाई समेत शनिवार देखि भेरोसेल खोप लगाइने जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रवि कुमार भास्करले जानकारी दिएका छन् ।

साथै वैदेशिक रोजगारमा जाने व्याक्तिहरू र पढ्नका लागि विदेश जाने विद्यार्थीहरूलाई समेत उक्त खोप लगाइने छ ।

खोप लगाउन ५५ वर्ष माथिका व्यक्तिहरूले उमेर र नाम खुल्ने परिचय पत्र लिएर जानुपर्ने छ । स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी, व्यवसायीक संस्थाका कर्मचारी, शिक्षक र फ्रन्टलाईनमा काम गर्नेहरूको हकमा आफ्नो परिचय पत्रको आधारमा खोप लगाउन पाउने छन् । उनीहरुको लागि भने उमेर समूह तोकिएको छैन ।

कोरोना विरूद्धको भेरोसेल खोप साउन १६ गते देखि सुरुभई २ दिन सम्म जीतपुरसिमरा उपमहानगरको मातहतका स्वास्थ्य चौकीहरूमा लगाइने छ ।

गत हप्ता कोरोना विरूद्धको खोप अमेरिकी जोन्सन एण्ड जोन्सन लगाइने स्वास्थ्य चौकीहरूमा खोप लगाउनेहरूको राम्रो उपस्थिति देखिएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भास्करका अनुसार पहिला भन्दा अहिले मानिसहरूमा कोरोना विरूद्धको खोप लगाउन सकारात्मक सोच बन्दै गएको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);