मकवानपुर । सामारी खोलाले बगाएर १ महिलाको मृत्यु भएको छ । सामरी खोला तर्ने क्रममा मकवानपुरगढी गाउँपालिका–६ की ४२ बर्षीय तुलसी माया घलानको मृत्यु भएको हो ।
हेटौंडा उपमहानगरपालिका-१ सामरी पुल नजिकै महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।




