श्रीलंकाद्वारा भारत ४ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

श्रीलंकाद्वारा भारत ४ विकेटले पराजित

एजन्सी । श्रीलंकाले दोस्रो टी–ट्वान्टी क्रिकेटमा भारतलाई पराजित गरेको छ ।

बुधबार राति कोलम्बोमा भएको दोस्रो खेलमा श्रीलंकाले भारतलाई ४ विकेटले पराजित गरेको हो । भारतले दिएको १ सय ३३ रनको लक्ष्य श्रीलंकाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाको जितमा धनन्जय डी सिल्भाले अविजित रहदै ४० रन बनाए । त्यस्तै मिनोद भानुकाले ३६, वानिन्दु हसरंगाले १५, अभिष्का फर्नान्डोले ११, कप्तान डसुन शनकाले ३ तथा चामिका करुनारत्नेले १२ रन बनाए ।

भारतका लागि कुलदिप यादवले २ तथा भुवनेश्वर कुमार, चेतन शाकरिया, वरुण चक्रवर्ती र दिपक चाहरले १÷१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।

भारतका लागि कप्तान शिखर धवनले सर्वाधिक ४०, देवदुत पडीकलले २९, रुतुराज गायकवाडले २१ रन बनाए भने भुवनेश्वर कुमार १३ रनमा अविजित रहे । श्रीलंकाका अकिला धनन्जयले २ तथा दुश्मन्था चामिरा, डसुन शनका र वानिन्दु हसरंगाले १-१ विकेट लिए ।

जितसँगै श्रीलंकाले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । पहिलो खेलमा भारत विजयी भएको थियो ।

Leave a Reply