काठमाडाैं । जारी ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ’टोकियो ओलम्पिक’मा नेपालका पौडीबाज अलेक्जेण्डर शाहले आज प्रतिस्पर्धा गर्दैछन् ।
एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । उनको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा एलेक्स हिट १ मा रहेका छन् ।
७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका छन् । एलेक्स रहेको हिट १ मा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडी रहेका छन् ।
टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । एलेक्ससँगै गौरिका सिंहले प्रतिस्पर्धा गर्नेछन् । गौरिकाको प्रतिस्पर्धा भने बुधबार रहेको छ । गौरिकाले महिला १ सय मिटर फ्रीस्टाइलमै प्रतिस्पर्धा गर्नेछन् ।