काठमाडौं । जनता समाजवादी पार्टी जसपाका कार्यकारिणी सदस्य रेशम चौधरीले आधिकारिकताका विषयमा तटस्था बसेका छन् ।
उनले अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष महन्थ ठाकुर दुबैको पक्षमा सनाखतका लागि हस्ताक्षर गरेनन् ।
डिल्लीबजारबाट सनाखतका लागि आयोग पुगेका चौधरीले पार्टीमा कसैको पक्ष विपक्षमा मत दिन आफ्नो नियत र नैतिकताले नदिएको बताउँदै तटस्थ बसेका हुन् ।
प्रहरीको घेरा भित्र निर्वाचन आयोग पुगेका चौधरीले संवाददाताहरुसंग भने‘ म कसैको पक्षमा पनि हस्ताक्षर गर्दिन, निष्ठाको राजनीति गर्छु ’। कैलालीको टिकापुरमा आठ प्रहरीको हत्या गरेको अभियागमा उनी जेल जीवन बिताईरहेका छन् । उनले जेलबाटै प्रनिधिसभाको निर्वाचन जितेका हुन् ।




