कांग्रेस प्रवक्ता शर्माले गराए निर्मला पन्त प्रकरणमा प्रधानमन्त्री र गहृमन्त्रीको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८१, आइतबार

कांग्रेस प्रवक्ता शर्माले गराए निर्मला पन्त प्रकरणमा प्रधानमन्त्री र गहृमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्त प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका छन् ।

आइतबार साउन १० गते कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष पुगेको छ तर लामो अनुसन्धानपछि पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन ।

प्रवक्ता शर्माले निर्मला पन्त हत्या प्रकरणको ३ वर्ष पुरा भएको भन्दै सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री देउवा र गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । उनले आफू प्रतिपक्षमा छँदा घटना र अनुसन्धानमाथि प्रश्न भएको र आज सत्तारुढ भएपछि समयले जवाफ माग्ने उनले उल्लेख गरेका छन् ।

प्रवक्ता शर्माले ट्वीट गरेका छन् –‘‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ वर्ष पुग्यो । सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु। प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसँग । सत्तारुढ बनेपछिको समयले जवाफ माग्छ । सरकार भर्खर बनेको छ , अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ । ’’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);