काठमाडौं । जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव समूहले आफू पक्षका कार्यकारिणी समिति सदस्य र संघीय सांसदलाई प्रशिक्षण दिने भएको छ ।
संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज दिउँसो एक बजेपछि प्रशिक्षण दिन लागेको हो ।
प्रशिक्षणमा पार्टीको अहिलेको अवस्था, संसदमा कसरी प्रस्तुत हुने, वर्तमान गठबन्धनलाई समर्थन गर्नुको कारण र पार्टीको आधिकारिकताका भइरहेको प्रक्रियाबारे प्रशिक्षण दिइने बताइएको छ ।
प्रशिक्षण भने शीर्ष नेताहरूले दिने तय भएको छ ।
जसपा विवाद निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन आयोगले सोमबार दुवै समूहका कार्यकारिणी समिति सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिएको छ । पार्टीको आधिकारिकता दाबी गरेको यादव समूहसँग ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा ३२ सदस्य छन् ।