छठ पर्वको चर्चामा विराटनगरका मेयर, घस्रिँदै पुगे पूजास्थल | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विराटनगर, ९ कार्तिक । तराईका विभिन्न जिल्लाहरुमा छठ पर्वका दोस्रो दिन आज वर्तालुहरूले धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

विशेषगरि जलाशय क्षेत्रमा मनाइने गरिएको यो पर्वमा वर्तालुहरूले कम्मरसम्म पानीमा पसेर छठ माता र सूर्यदेवको पूजा गरेपछि प्रसादको रुपमा राखिएका सामग्री लिएर सूर्यदेवलाई अर्घ्य अर्पन गरेका हुन् ।

यसैबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छठ पर्वको पूजास्थलसम्म सुतेर दण्डवत गर्दै पुगेका छन्। विगत १४ वर्षदेखि उनी आफ्नो घरदेखि सिंग्याहीखोलाको एक किलोमिटरभन्दा बढीको दूरी सो विधि अपनाएर पुरा गर्दै आएको बताएका छन् ।

उनले लगातार १३ वर्षसम्म आफ्नो परिवारको कल्याणका लागि सुतेर दण्डवत गर्दै पुजास्थलसम्म पुगेको र यसपल्ट नगरवासीको कल्याणको लागि गरिएको बताएका छन्। कार्तिक शुक्ल षष्ठीदेखि शुरु भएको यस पर्वको बुधबार खरना थियो भने आज अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन गरिएको छ र भोलि उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गरेपछि पर्व विधिवत सम्पन्न हुन्छ ।

विराटनगरस्थित सिंग्याही खोला, केशलिया खोला, नहरलगायत विभिन्न जलाशयहरूमा उल्लासमय वातावरणमा छठ पर्व मनाइरहेको देखिन्छ । हजारौंको सङ्ख्यामा पर्व हेर्नेहरूको उपस्थिति रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);