बझाङमा जिप दुर्घटना हुँदा १० घाइते, ४ को अवस्था चिन्ताजनक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बझाङमा जिप दुर्घटना हुँदा १० घाइते, ४ को अवस्था चिन्ताजनक

accident

बझाङ, ९ कात्तिक । बझाङको सदरमुकाम चैनपुरबाट बागथलातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

से १ ज ८६१ नम्बरको जिप केदारस्युं गाउँपालिकाको रायलमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गम्भीर घाइते हुनेमा केदारस्युं–१ का ३८ वर्षीय पशुपति मल्ल र ३६ वर्षीय ईश्वर मल्ल, वडा नं २ का २८ वर्षीय कुमार ओखेडा र २८ वर्षीय जमुना बोहरा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);